मोना पोर्चुगलद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ हजार युरो आर्थिक सहयोग

  • १३ जेष्ठ २०७९, शुक्रबार
  • 1013 पटक पढिएको

लिस्वन । पोर्चुगलस्थित रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको। मोना पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पाँच हजार युरो भन्दा बढि सहयोग उपलब्ध गराएको हो ।


युरोप भ्रमणमा रहनु भएका पुनले मोना पोर्चुगलबाट प्राप्त आर्थिक सहयोगप्रति धन्यवाद दिदै युरोपमा रहनुभएका दाजुभाई तथा दिदिबहिनीलाई विदेशमा कमाएको पुँजी र सिपलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।