मालिकामा कार्यपालिका सदस्य चयन

  • १२ जेष्ठ २०७९, बिहीबार
  • 1143 पटक पढिएको

म्याग्दी, १२ जेठ । मालिका गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन भएका छन् । दरवाङमा बिहिबार भएको निर्वाचनबाट नेकपा एमाले ३, नेकपा माओवादी केन्द्रका २ र एकीकृत समाजबादीबाट १ जना कार्यपालिका सदस्य चयन भएका हुन् ।


कार्यपालिका सदस्यमा नेकपा एमालेबाट छरदेवी घर्ति, प्रतिक्षा विक, मनकुमारी पुन निर्वाचित भएका छन् भने, नेकपा माओवादी केन्द्रबाट देवी पटेल, दलबहादुर खड्काथोकी र एकीकृत समाजबादीबाट अनुप गौचन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,वडाअध्यक्ष लगायतका सदस्यहरुले मतदानबाट कार्यपालिका सदस्य चयन गरिने प्रक्रिया छ । बैशाख ३० गते भएको निर्वाचिनमात्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । मालिकामा नेकपा एमालेको १७, नेपाली कांग्रेसको १५ र माओवादी केन्द्रको ५ जन निर्वाचित जनप्रतिनिधि छन् ।