रघुगंगाका अध्यक्ष भण्डारीद्वारा प्रेस युनियनको अक्षकोषमा ५१ हजार रुपैयाँ सहयोग

  • १० जेष्ठ २०७९, मंगलवार
  • 549 पटक पढिएको

 

म्याग्दी,१० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनिलाल गर्बुजा र पबित्रा खत्रीलाई हस्तान्तरण गर्नुभयो ।


म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले निर्माण गरिएको पाँच लाखको अक्षयकोषलाई हालसम्म करिब साढे दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको सचिव साधन राम्जालीले जानकारी दिनुभयो ।उहाँकाअनुसार,अक्षयकोषलाई संगठनका पुर्व र वर्तमान पदाधिकारी, स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेका छन ।