भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुदाँ १ जनाको मृत्यू

  • ६ जेष्ठ २०७९, शुक्रबार
  • 699 पटक पढिएको

बेनी, ६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बोलेरो जीप दुर्घटना हुदाँ गोरखा बारपाक– ४ स्थायी ठेगना भएका अन्दाजी ३२ बर्षका सन्तमान गुरुङकोृ घटनास्थलमा ज्यान गएको छ ।

शुक्रबार दिउसो करिव सभा ३ बजे बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको बागमती प्रदेश ०३००१ च ०४२३ नम्वरको जीप र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिए ।

जीप सडकबाट करिव ७ मिटर तल खसेको थियो । जीपमा चालकसहित ५ जना सवार थिए । अन्य चार सामान्य घाईते भएका छन् । चालकलाई प्रहरीले नियन्त्रण लिदै घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।