राम्चेमा २०७४ मा निर्वाचित वडाका जनप्रतिनिको टिम नै पुन निर्वाचित

  • ५ जेष्ठ २०७९, बिहीबार
  • 933 पटक पढिएको

बेनी, ५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको वडा अध्यक्ष र सदस्यहरुमा यस अघिकै जनप्रतिनिधिको टिम निर्वाचित भएका छन् । विहिवार सम्पन्न मतगणनामा यस वडामा नेकपा एमालेको प्यानल नै बिजयी हुनुभएको छ । नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित जनप्रतिनिधिकाे टिम नै वडामा पुनः उम्मेदवार बन्नुभएको थियो ।


वडा अध्यक्ष खमबहादुर गर्वुजा पुन, महिला सदस्य देबकुमारी खोरजा पुन, दलित महिला सदस्य एलिना रसाईली विक , खुला सदस्य गेममायाँ पुन र यमबहादुर पुन निर्वाचित हुनुभएको छ । उहाँहरु सबै वडामा दोहोरिएर निर्वाचित हुनुभएको छ । वडा अध्यक्ष पुनले ५ सय ४१, महिला सदस्य पुनले ५ सय ११, दलित महिला सदस्य विकले ५ सय ३, खुला सदस्य गेममायाँले ४ सय ४३ र यमबहादुरले ५ सय १७ मत प्राप्त गरि बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अन्नपूर्णमा गाउँपालिका अध्यक्षमा एमालेका भरत कुमार पुन र उपाध्यक्षमा एमालेकै दिवा कुमारी तिलिजा पुन बिजयी हुनुभएको छ । यहाँका ८ वडाहरुमध्ये नेकपा एमालेले ५ र नेपाली काँग्रेसले ३ वटामा बिजयी हाँसिल गरेका छन् ।