अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

  • ५ जेष्ठ २०७९, बिहीबार
  • 711 पटक पढिएको

म्याग्दी ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुनले ४ हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा कुमारी तिलिजा पुनले ४ हजार १५ मत ल्याएर विजयी हुनुभएको हो ।

अध्यक्षका प्रत्यासी काँग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३ सय १७ मत र उपाध्यक्षका प्रत्यासी काँग्रेसका ललिता तिलिजाले ३ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा ७ सय ४१ र उपाध्यक्षमा ६५७ मत अन्तरले एमालेका उम्मेदवार बिजयी भएको जनाइएको छ ।

८ वटा वडा रहेको अन्नपूर्णमा एमालेले ५ वटा वडा सहित गाउँपालिका प्रमुख र उपप्रमुखमा बिजयी हाँसिल गर्दा काँग्रेसले ३ वटा वडामा बिजयी भएको छ । अघिल्लो निर्वाचनमा अन्नपूर्णमा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हाँसिल गरेको थियो ।

अन्नपूर्णको वडा नम्बर १ मा एमालेका दिलिप कुमार गर्वुजा, २ मा एमालेका ओमप्रकाश फगामी, ३ मा एमालेका रमेश पुर्जा, ४ मा काँग्रेसका लोकबहादुर फगामी, ५ मा काँग्रेसका राजेश तिलिजा, ६ मा काँग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पुर्जा पुन र ८ मा एमालेका खमबहादुर गर्वुजा वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।