जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

  • ३ जेष्ठ २०७९, मंगलवार
  • 531 पटक पढिएको

पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उम्मेदवार निर्वाचित भएका छन् । मोहनचोक स्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेस राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दिपक आचार्य (आकाश) विजयी भएका छन् ।


अध्यक्षमा विजयी आचार्यले ५ हजार ६५७ मत र उपाध्यक्षमा निर्वाचित आचार्यले ४७९२ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षका प्रतिस्पर्धी लालबहादुर अधिकारीले ४ हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता बरुवालले ४ हजार ७१५ मत पाउनुभएको थियो । उपाध्यक्षमा ७७ मतले बरुवाललाई आचार्यले पराजित गरेका थिए ।