रघुगंगामा कांग्रेसको अग्रता : वडानम्वर–३ पिप्लेमा एमालेको प्यानल विजयी

  • १ जेष्ठ २०७९, आईतवार
  • 557 पटक पढिएको

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा नेकपा एमालेको प्यानल विजयी भएको छ। एमालेबाट पिप्लेको वडा अध्यक्षमा निर्वाचित खिमबहादुर शाहीले ८८६ मत लिएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रेशम केसीले ८४९ र कांग्रेसका अशोक शाहीले ४३८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभएको छ।


एमालेबाट वडासदस्यहरुमा जयन्ती मल्ल ठकुरी, अईती दर्जी, राम्जी शर्मा र जीतबहादुर खत्री विजयी हुनुभएको छ । रघ्ुगंगाको १, २ र ३ वडाको मतगणना सम्पन्न हुदाँ गाउँपालिकामा कांग्रेसको अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले १ हजार ९७६, प्रेमबहादुर कार्कीले १ हजार ९४८, मिना विकले ७५७ मत र स्वतन्त्र उम्मेदवार सागर भण्डारीले १७६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा एमालेकी याम कुमारी गर्वुजाले १ हजार ८४२, माओवादी केन्द्रका रिमबहादुर कटुवालले १ हजार ६२४, प्रेमकुमारी पुनले १ हजार २४८ मत प्राप्त गर्नुभएको छ।