बेनी, मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु

  • ३१ बैशाख २०७९, शनिबार
  • 905 पटक पढिएको

बेनी, ३१ बैशाख । म्याग्दीस्थित पाचँवटा स्थानीय तहमा शनिबार विहानदेखि मतगणना सुरु भएको छ । बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मालिका, अन्नपूर्ण, रघुगंगा र मंगलामा मतगणना सुरु भएको हो । सबै पालिकाको वडानम्वर १ बाट मतगणना सुरु गरिएको छ । बेनी नगरपालिका वडानम्वर १ विहान साढे १० बजेदेखि जिसस सभाहलमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले सुरु गर्नुभएको थियो ।
धवलागिरी गाउँपालिकामा वडानम्वर १ गुर्जाको मतपेटिका निर्वाचन अधिकृत कार्यालय रहेको मुनामा आएपछि मतगणना हुने छ ।


जिल्लामा कुल ८५ अजनर ३७५ जना मतदातामध्ये ५६ हजार ५४३ मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जानकारी दिएको छ । कार्यालयका अनुसार, अन्नपुर्णमा १२ हजार २९ मतदातामध्ये ७ हजार ८०३ मत खसेको छ। धवलागिरीमा १० हजार ९४० मतमध्ये ६ हजार ६३६ मत खसेको छ । बेनी नगरपालिकामा २१ ह्जार ८४२ मतदातामध्ये १५ हजार २११ मत खसेको छ । मंगलामा १३ हजार ४१६ मतदाता मध्ये ८ हजार ८६६ मत, मालिकामा १३ हजार २०१ मतदातामध्ये ८ हजार ८६६ मत र रघुगंगामा १३ हजार ९४७ मतमध्ये ९ हजार ११३ मत खसेको छ ।