म्याग्दीमा ६६ दशमलव २३ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

  • ३० बैशाख २०७९, शुक्रबार
  • 693 पटक पढिएको

म्याग्दी, ३० वैशाख ।  म्याग्दीको ६ वटै स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको स्थानीय तह निर्वाचनमा ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।


म्याग्दीमा ८५ हजार ३ सय ७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ जनाले मात्र मतदान गरेका छन । कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । जसमा महिला ३० हजार ३२ रहेका छन भने पुरुष २६ हजार ५१० जनार अन्य १ जना रहेका छन । अधिकाँश स्थानीय तहमा मतपेटकीका संकलनको काम भैरहेको छ भने सर्वदलिय बैठक राखेर मतगणनाको तयारी गरिएको छ ।