रघुगंगाका सबै वडामा माओवादी केन्द्रको घरदैलो,अध्यक्षका प्रत्यासी विश्वकर्मा उत्साहित

  • २४ बैशाख २०७९, शनिबार
  • 927 पटक पढिएको

म्याग्दी, २४ बैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिकाका ८ वटै वडामा घरदैलो गरेको छ । रघुगंगामा माओवादी केन्द्रबाट जिल्लामा एकमात्रै दलित महिला गाउँपालिका अध्यक्षको प्रत्यासी बन्नुभएको छ । आफ्नो बच्चालाई पिठ्युमा बोकेर चुनाबी मैदानमा होमिनुभएकी मिना विश्वकर्मा र उपाध्यषका उम्मेदवार रिम कटुवाल सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको टोली वडा नम्बर १ बेगदेखि वडा नम्बर ८ कुइनेमंगलेसम्म नै घरदैलो गर्नुभएको हो ।


रघुगंगा गाउँपालिका–८ पाखापानी निवासी अध्यक्षका प्रत्यासी विश्वकर्मालाई बिजयी गराउन राखु भेगबाट समेत महिलाहरुले सक्रियतापूर्वक घरदैलोमा सहभागतिा जनाएका छन् । घरदैलो अभियानमा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायत नेता तथा कार्यकर्ताहरु समेत सहभागी हुनुहुन्छ । अभियानको क्रममा रघुगंगाको विकास र समृद्धिका लागि माओवादीका एजेण्डा र प्रतिबद्धताहरु समेत राख्ने गरिएको छ ।