बेनीमा नमुना मतदान

  • २२ बैशाख २०७९, बिहीबार
  • 833 पटक पढिएको

 

म्याग्दी, २२ बैशाख । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा मत बदर कम गराउन विहिबार बेनीमा नमुना मतदान गरिएको छ । मंगलबार बेनीमा निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको सयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको थियो । मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र सरोकारवालाहरुको उपस्थितमा नमुना मतदान गरिएको थियो ।


यस निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम संचालन नभएको कारण मत बदर कम गराउन नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबद्धाहरुको लाईन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पटयाउने तरिका सिकाईएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो । कार्यालयले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोवाईलका टोन मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।


नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्याधिश तेजनाथ पौडेलले मतदाताहरुको मतले सक्षम नेतृत्व निर्वाचित गराउनका लागि नमुना मतदानले सहयोग पूग्ने बताउनुभयो। नमुना मतदान कार्यक्रम मुख्य निर्वाचन अधिकृत पौडेलसहित प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना लगायतको उपस्थित रहेको थियो ।


म्याग्दीका राजनीतिक दल तथा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैनन् । दलहरुले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् । मतदाता शिक्षा अभियान संचालन नहुदाँ यसपालिको निर्वाचनमा समेत मत बदरको संख्या बढ्न सक्ने जोखिम रहेको देखिन्छ । अर्को तर्फ राजनीतिक दल र कार्यकर्ताहरुले पनि मत माग्न जाँदा मतदातालाई सिकाएको कारण मत बदर कम हुने देखिन्छ ।