जब मतदाताले उम्मेदवारलाई ढोगेरै आँसु खसाल्दै दिए बधाई ( तस्वीर )

  • १९ बैशाख २०७९, सोमबार
  • 1160 पटक पढिएको

म्याग्दी १९ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिनुभएको छ । अहिले मतदाताले उम्मेदवारलाई हर्षित भएर खुट्टानै ढोगेर बधाई दिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी विश्वकर्मालाई स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले आफ्नो समुदायबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेकोमा खुसी भएर खुट्टा ढोगेर बधाई तथा शुभकामना दिनुभएको हो । जन्मथलोबाट चुनाबी अभियान सुरु गर्नुभएकी मिनालाई गाउँलेहरुले हर्षित हुँदै दुर्गम गाउँको दलित महिला पनि गाउँपालिका अध्यक्षको दावि गर्दै नेतृत्वमा पुग्न प्रतिस्पर्धामा उत्रिएको भन्दै खुसीले हर्षविभोर भएर हाँसु नै खसालेर खुट्टा समाएर बधाई दिएका थिए ।

विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दावि गर्ने एक्ली महिला समेत हुनुहुन्छ । मतदातालाई प्रभाबमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेका थिए ।