रानीपौवामा नेकपा माओवादी केन्द्रको घरदैलो अभियान
- १९ बैशाख २०७९, सोमबार
- 1053 पटक पढिएको
म्याग्दी, १९ बैशाख । आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुले वडानम्वर २ स्थित रानीपौवामा घरदैलो गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट रघुगंगा गाउपालिका अध्यक्ष पदका उम्मेद्वार मिना विक, उपाध्यक्ष पदका उम्मेद्वार रिमबहादुर कटुवालले र आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित सोमबार रानीपौवामा घरदैलो गर्नुभएको थियो । घरदैलो अभियानमा उम्मेदवासंगै नेकपा माओवादी केन्द्रका नेता एवम् गण्डकी प्रदेशका सांसद विनोद केसी, रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी र वडानम्वर ३ का वडा अध्यक्ष पदका उम्मेदवार रेशमबहादुर कटुवालले समेत घरदैलो अभियानबाट मतदातासंग भेटघाट तिव्रता दिएका छन् ।