रघुगंगामा मत माग्दै माओवादी केन्द्रका उम्मेदवार घरदैलोमा
- १९ बैशाख २०७९, सोमबार
- 895 पटक पढिएको
म्याग्दी, १९ बैशाख । आसन्न निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले रघुंगगा गाउँपालिकामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आईतबार रघुगंगाको वडानम्वर २ र ३ स्थित राखु भगवती र पिप्लेमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवारहरुले घरदैलो गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रबाट रघुगंगाको अध्यक्ष पदका उम्मेद्वार मिना विक, उपाध्यक्ष पदका उम्मेद्वार रिमबहादुर कटुवालले र आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित आईतबार मत माग्न मतदाताको घरदैलोमा गर्नुुभएको थियो । भगवतीमा भएको कोणसभामा गण्डकी प्रदेशका सांसद विनोद केसीले संघियता कार्यान्वयनले बस्तीबस्तीमा सडकसंगै अवसरहरु सिर्जनाा भएको बताउनुभयो ।
अध्यक्ष पदकी उम्मेदवार मिना विकले दलित र महिलाहरुको हकहितको लागि रघुगंगाको नेतृत्वमा महिलालाई पु¥याउने अवसर रघुगंगाबासी हात आएको बताउनुभयो । रघुगंगाको नेतृत्वमा दलित महिलालाई पु¥याउनका लागि रघुगंगाबासी दाजुभाई तथा दिदिबहिनीहरुले मत दिएर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार रिमबहादुर कटुवालले माओवादी केन्द्रले रघुगंगाको नेतृत्वमा पुगेपछि सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रलाई गुणस्तर बनाउने योजनालई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्दै तपाईको घरदैलोमा मत माग्न आएको बताउनुभयो । प्रतिवद्धता पत्र हेरेर सुझावसल्लाहसहित मतदान गर्न आग्रह समेत गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले रघुगंगाको अध्यक्ष र उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई मतदान गरेर नेतृत्वमा पु¥याउनु भयो भने तपाईहरुविच राखेको प्रतिवद्धता पत्रलाई कार्यान्वनका लागि गाउँकमिटीले सक्रिय भूमिका निभाउने प्रतिवद्धता जनाउनुभएको थियो ।