मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

  • १८ बैशाख २०७९, आईतवार
  • 1185 पटक पढिएको

 

म्याग्दी, १८ बैशाख । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् ।


उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपािलका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र धवलागिरीमा गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले घरदैलो अभियान तीव्रता दिएका छन् ।