म्याग्दीका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
- १७ बैशाख २०७९, शनिबार
- 2201 पटक पढिएको
म्याग्दी, १७ बैशाख । बैशाख ३० गतेह हुने स्थानीय निर्वाचनमा म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू बनेकाहरुलाई शनिवार चुनाव चिह्न प्रदान गरिएको छ । स्वतन्त्र वा बागी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालबाट मतदान गर्ने चिन्ह दिएको हो ।
रघुगंगा गाउँपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार सागर भण्डारी, उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अनुरोध रिजाल र वडानम्वर २ की वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार रञ्जना श्रेष्ठ र खुल्ला वडा सदस्यका उम्मेदवार राजकुमार दर्जीलाई हाँस चुनाव चिन्ह प्रदान गरिएको छ । उनीहरुलाई मौवाफाटँमा रहेको निर्वाचन अधिकृत कार्यालयले उक्त निर्वाचन चिन्ह प्रदान गरेको हो ।
मुख्य निर्वाचन अधिकृत कार्यालयल बेनीले बेनी नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीषलाई हाँस, वडानम्वर २ का वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार सम्राट सापकोटालाई पुतली र वडानम्वर ७ का वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार कृष्ण शाक्यलाई चुनाव चिन्ह हाँस प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका वडानम्वर ६ का स्वतन्त्र खुल्ला सदस्य पदका उम्मेदवार राजाराम बरुवाललाई चुनाव चिन्ह हाँस प्रदान गरिएको छ ।
वैशाख ३० मा हुने निर्वाचनमो चुनाव चिन्ह लिएर निर्वाचन अभियानमा जुट्न स्वतन्त्र उम्मेदवारलाई सहज भएको छ ।