रघुगंगा २ को वडा कार्यालय भवन जिर्र्ण

  • १३ असार २०७४, मंगलवार
  • धिरन खत्री
  • 2917 पटक पढिएको

म्याग्दी,१३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा कार्यालय भवन जिर्ण भएको छ । शिरशिरे डाँडामा रहेको भवन जिर्ण हुदाँ दैनिक रुपमा नागरिकलाई दिईने सेवाप्रवाहमा समस्या भएको हो ।


२०७२ बैशाख १२ गते गएको भुकम्पले तत्कालिन समयमा रहेका गाविस कार्यालयको भवन जिर्ण बनेको थियो । लामो समय भवन जिर्ण भएपनि मर्मत गर्नका लागि आवश्यक बजेट विनियोजन नहुदाँ अहिलेसम्म भवन पुननिर्माण हुन नसकेको हो । करिव २ दशक अगाडि उक्त गाविस भवन निर्माण गरिएको थियो । उक्त आरसिसि भवन डिलमा पिलर उठाएर बनाउदाँ, भुकम्पले पछिल्लो भागमा चर्किनु र पुननिर्माणमा ध्यान नदिदाँ जिर्ण बनेको हो । भवन जिर्ण हुदाँ सेवाग्राहीलाई सेवाप्रवाहमा समेत समस्या भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।


आगामी आर्थिक बर्षमा वडा कार्यालयको भवन तथा फर्निचर निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरि सेवाग्राहीलाई सेवाप्रवाह यहीबाट उपलब्ध गराउने योजना रहेको अध्यक्ष कटुवालले बताउनुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l