सभ्य समाज निर्माणमा शिक्षक र संघसंस्थाको भूमिकाबारे अभिमुखीकरण

  • १४ चैत्र २०७८, सोमबार
  • 795 पटक पढिएको

म्याग्दी, १४ चैत । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा गण्डकी समाज, सभ्य समाज विषयकमा अभिमुखीकरण कार्यक्रम भएको छ । सामाजिक विकृति न्युनीकरण गर्दै सभ्य समाज निर्माणमा शिक्षक, विभिन्न संघसंस्थाहरुको भूमिकालाई जिम्मेवार बनाउन रघुगंगा गाउँपालिका भित्र रहेका विद्यालयका प्रतिनिधिमूलक शिक्षक र विभिन्न संघसंस्थाहरुमा आवद्धता ब्यक्तिको उपस्थितमा अभिमुखिकरण भएको थियो ।

शिक्षा तालिम केन्द्रमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले समाजमा रहेका विकृति, कुरिति, छुवाछुत, भेदभाव हटाएर सुशासन, सुसस्कृत र विकसित जीवनशैली भएको समाज निर्माणमा सबै जिम्मेवार हुन आग्रह गर्नुभयो । म्याग्दीमा हुने अत्याधिक मेलापर्वले युवायुवतीहरु मध्यपान र धुम्रपान गरेर भँैझगडा गर्दै आएको जानकारी गराउदै यसलाई नियन्त्रणमा स्थानीय तह, विभिन्न संघसंस्था, क्लव, आमासमुह, शिक्षक, अभिभावक लगायत सबै जिम्मेवार हुनपुर्ने बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका न्यायाधिबक्ता धर्मराज पौडेलले सरकारी वकिल कार्यालयको भूमिका र कानुन सम्वन्धी, शिक्षा विकास तथा समन्वय ईकाईका समन्वय प्रमुख दलबहादुर थापाले जिल्लाको शिक्षाको अवस्था सम्वन्धी, गैसस म्याग्दीका निर्वतमान अध्यक्ष हरिप्रसाद पौडेलल सामाजिक संस्थाको भूमिकाबारे र कार्यालय प्रमुख थापाले सामाजिक कुरिति, अन्धविश्वास र छुवाछुत विषयमा जानकारी गराउनुभएको थियो ।

सभ्य समाज निर्माणका लागि व्यक्तिहरुमा शिष्टता, शालिनता, सभ्यता र असल संस्कार सिकाउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । ३० जना सहभागिता रहेको कार्यक्रमको सहजीकरण कार्यालयका अधिकृत बाबुराम आचार्यले गर्नुभएको थियो ।