बेनीमा होलीको रौनक ( तस्विरमा)

  • ३ चैत्र २०७८, बिहीबार
  • 1111 पटक पढिएको

म्याग्दी,३ फागुन । म्याग्दीमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । जिल्लाको बेनी, रघुगंगा, मंगला, धवलागिरी, मालिका र अन्नपूर्णको केन्द्रदेखि गाउ–ँगाउँसम्म सर्वसाधारणले होली मनाएका छन् ।

प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले एकआपसमा रङ, अबिर लगाईदिने, नाच गान र मिठो परिका बनाएर खवाउने गरेर हर्षोल्लासका साथ फागु पूर्णिमा मनाएका छन् ।

थकाली सेवा समिति र म्याग्दी जेसिज विशेष कार्यक्रम गरी मनाएका छन् । म्याग्दी जेसिजको आयोजनामा संगमचोकमा सामुहिक होली र सांस्कृतिक कार्यक्रममा कलाकार अमित विश्वकर्मा, ध्रुव जिसी, पदम विश्वकर्मा र मिलन विश्वकर्माले सांगितिक प्रस्तुती दिएका थिए । कलाकारको सांगितिक प्रस्तुतिमा होली खेल्दै बालबालिका, युवायुवती र जेष्ठ नागरिकले नाचेर वा हेरेर आनन्द लिएका थिए ।


फागु पूर्णिमा पर्वमा मनाउने क्रममा हुने सक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षाकर्मि बेनीबजारमा परिचालन भएका थिए ।