अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जलजला गाउँपालिका कमिटीको नेतृत्व चयन

  • १९ फाल्गुन २०७८, बिहीबार
  • 951 पटक पढिएको

जलजला १९ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) जलजला गाउँपालिका कमिटीको नेतृत्व चयन भएको छ । कमिटीको विहिवार सम्पन्न प्रथम पालिका अधिवेशनबाट सीता मल्लको अध्यक्षतमा १०१ सदस्यीय कमिटी चयन गरिएको हो । संगठनको उपाध्यक्षमा भबिसरा बिक, उपाध्यक्ष मन्जु सापकोटा, सचिब प्रगति सुवेदी रेग्मी, सह सचिब सम्झना रेग्मी कोषाध्यक्षमा देबि कार्की चयन हुनु भएको हो ।
मिलनचोकमा सम्पन्न भएको उक्त सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य मनरुपा सर्मा, प्रदेश कमिटी सदस्य दुर्गा दर्जी, लोकराज आचार्य सौगात , गङ्गा तिमिल्सिना, जलजला पालिका कमिटीमा अध्यक्ष दिपक आचर्य , वार्ड न ७ का वार्ड अध्यक्ष टुंगनाथ सर्मा लगायतका नेता कार्यकर्ताको उपस्तिथिमा सम्मेलन सप्पन्न भएको थियो ।
कार्यक्रमको संचालन सीता मल्ल र भबिसरा बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपस्थित अतिथिले नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।