बेनी अस्पतालको अध्यक्षमा सुवेदी

  • २७ माघ २०७८, बिहीबार
  • 1177 पटक पढिएको

म्याग्दी, २७ माघ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६ अथुङ्गेका सुवेदीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।


सुवेदी नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको सचिव हुनुहुन्छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस, एकीकृत समाजबादीसहित सत्ता गठबन्धबाट, नगरपालिका मेयर र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने छन् । सुवेदीले अस्पतालको सेवालाई प्रभावकारी रुपमा अघि बढाउन डाक्टर, स्वास्थ्यकर्मी, सरोकारवाला र सेवाग्राहीको सुझाव र सहकार्यमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।