बागलुङमा चार वर्षीय छोरासहित एक महिला बेपत्ता
- ६ माघ २०७८, बिहीबार
- 1075 पटक पढिएको
बागलुङ ६ माघ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी बागलुङकाे गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ ।
