खत्रीको नेतृत्वमा सर्वसम्मत म्याग्दी जेसिजको कार्यसमिति चयन

  • १७ पुष २०७८, शनिबार
  • 1023 पटक पढिएको

 

म्याग्दी, १७ पुस । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।


जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका सदस्य खमथापा मगरले बताउनुभयो । समितिको बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा हरि भण्डारी, कार्यकारिणी उपाध्यक्षमा दिनेश बानियाँ, कुमार बानियाँ, महासचिवमा बिस्मा श्रेष्ठ, कानुनी सल्लाकारमा सुजन बरुवाल, उपाध्यक्षमा नवीन खत्री, सज्ज्जन श्रेष्ठ, अनिल पौडेल र  बिनोद घर्ति चयन हुनुभएको निर्वाचन अधिकृत सुजन बरुवालले बताउनुभयो ।


त्यस्तै कोषाध्यक्षमा सुमन बानियाँ, शाखा सम्पादकमा दिनेश कुमार बिस्वकर्मा, सहसचिबमा सुनिता श्रेष्ठ, सह–कोषाध्यक्षमा सुपृया केसी, थिम डाइरेक्टरमा लोकनाथ भट्टराई, तालिम संयोजक कृष्णाप्रसाद पौडेल रहनुभएको छ।

अध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने जेसिजका पुर्व अध्यक्ष, २०२१ का कार्यसमिति लगायत सदस्यहरुलाई नर्वनिर्वाचित अध्यक्ष खत्रीले धन्यवाद दिनुभएको छ।