खाने हो सिस्नुको तरकारी ! (फोटो कथा)

  • २२ आश्विन २०७८, शुक्रबार
  • 1789 पटक पढिएको

बेनी, २२ असोज । म्याग्दी सदरमुकाम बेनीमा तरकारीको लागि सिस्नु टिप्दै गरेकी महिला । स्वादिलो र प्रोटिनयुक्त सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो याममा सिस्नुको तरकारी खाने गरिन्छ । सिस्नुलाई तत्कालै र पाउडर बनाएर धुलो समेत गरि दुबै तवरले खान सकिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र फूल टिप्नुपर्छ ।

घरमा ल्याई केलाएर कलिलो घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ । यसरी सामान्य धुलो सिस्नुमा आवश्यकताअनुसार टिमुर मिसाएर पनि प्रयोग गरिन्छ । सिस्नु पूर्ण अर्गानिक खाद्य हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भएअनुसार सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्त्व, २४.५ प्रतिशत कुड प्रोटिन, फाइबर ८ प्रतिशत, फ्याट १.५ प्रतिशत, जलांश ९.८५ प्रतिशत पाइन्छ ।
तस्बिर : कमल खत्री