जेष्ठ नागरिकको निःशुल्क आखाँ जाँच

  • १६ आश्विन २०७८, शनिबार
  • 1201 पटक पढिएको

 

बेनी, १६ असोज । जेष्ठ नागरिक दिवसको अवसरमा बेनीमा जेष्ठ नागरिकको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा शुक्रबार जेष्ठ नागरिकको निशुल्क आखाँ जाचँ गरिएको हो ।

बेनि नगरपालिकाक-८ स्थित गणेशस्थान अवस्थित श्री कृष्णगण्डक िजेष्ठ नागरिक सेवा केन्द्र भवनको प्राङ्गणमा संचालन गरिएको थियो। आयोजित शिविरमा ७२ जना जेष्ठ नागरिकहरुको निःशुल्क आँखा जाँच गरेर औषधि समेत बितरण गरिएको नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले वताउनुभयो ।

जेष्ठ नागरिकहरुको आँखा जाँच गर्दा अधिकांशमा मोतियाबिन्दु र केहीमा जलबिन्दु साथसाथै बिभिन्न आखाँका रोगहरु समेत फेला परेको थियो भने केहीलाई थप उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा पठाईएको बाँनियाले जानकारी दिनुभयो ।

नेपालमा अन्धोपन निवारण गर्ने साथसाथै दृष्टि बिहिनहरुलाई पुनःस्थापना समेत गर्ने उद्देश्यका साथ गठन गरिएको नेपाल नेत्र ज्योति संघको शाखा म्याग्दीमा २०७६ जेठ ३१ गते गठन गरिएको थियो । २०७७ श्रावण १२ गते देखि हिमालय आँखा अस्पताल पोखरा को प्राबिधिक सहयोगमा क्यापसचोबाट नियमित आँखा उपचार सेवा दिएको छ ।