बेनी अस्पतालकोे प्रगतिबारे समिक्षा

  • ८ आश्विन २०७८, शुक्रबार
  • 1283 पटक पढिएको

बेनी, ८ असोज । २०३६ सालमा स्थापना भएको बेनी अस्पतालले २०७७/०७८ मा भएका विभिन्न कार्यक्रम र अस्पतालका सेवाहरुमा गरिएको प्रगतिबारे समिक्षा गरेको छ । अस्पतालले जनप्रतिनिधि, सरोकारवाला र पत्रकारहरूको उपस्थितिमा गत आर्थिकमा भएका गतिविधि, सेवासुविधा र प्रगतिबारे प्रस्तुत गरेका हुन् ।


अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कंडेलले २०३६ सालमा १५ शैयामा स्थापना भएको अस्पताले २०७८ सालमा ६४ शैयामा विकास गरी सेवा दिदै आएको बताए । २०७३ सालमा सुरु भएको ५० शैयाको भवन निर्माण ब्यवसायीको लापरबाहीले अलपत्र बनेपनि भएको पुर्वाधारलाई प्रयोग गरेर सेवाहरु थप गर्दै विरामीहरुलाई सेवा दिएको जानकारी दिए ।
सरकारी दरबन्दी अनुसार मेडिकल अधिकृत लगायतका जनशक्तिहरु पूणर् नभएपनि डायलसिस, अक्सिजन प्लान्ट, आँखा उपचार शाखा, औषधी विक्रि कक्ष छुट्टाछुट्टै सुविधाहरु थप गरि विरामीहरुलाई सेवाहरु दिएको जानकारी गराए । त्यस्तै स्वास्थ्य विमाबाट १३ हजार ९३२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

कोरोना भाईरसको महामारी विच पनि अस्पतालले २५ वेडको उपचार कक्ष निर्माण गरी कोरोना संक्रमित २०३ जना विरामीहरुको सफल उपचार गरी डिस्चार्ज गरिएको बताए । उपचार गर्दागर्दै पनि १६ जना कोरोना संक्रमितको निधन भएका थियो ।
सरकारी दरबन्दी अनुसार डाक्टर, नर्सहरु प्राप्त उपलब्ध नभएपनि अस्पतातमा रहेका स्रोतसाधन र जनशक्ति प्रयोग गरेर विरामीहरुको उपचारका गरिरहेको डाक्टर कंडेलले बताए । विद्युत आउने जाने समस्याले एक्सरेको सेवाहरु प्रभावित भईरहेको बताउदै जिल्लाका सरोकारवाहरु मिलेर विद्युत सट हुने समस्यालाई समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए ।


समिक्षा गोष्ठीमा अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालका सेवाहरु थप गर्न सहयोग गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधितहलाई धन्यवाद दिएका थिए । कोरोना भाईरसको महामारीको विच पनि स्थानीय तहका जनप्रतिनिधि, बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी, रेडक्रम लगायतका विभिन्न संघसंस्थाहरुको सहयोगले कोरोना संक्रमित विरामीलाई उपचार गर्न सफल भएको बताए ।
समयमै भवन र क्षमता अनुसारको जनशक्ति सरकारले उपलब्ध गराउन नसक्दा सोचेजस्तो सेवा जनताले नपाइको गुनासोप्रति बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरु जिम्मेवार बनेर समस्या समाधानतर्फ सहकार्य गर्नुपर्ने बताए ।

प्रजिअ गणेशबहादुर अधिकारीले ५० शैयाको अस्पताल निर्माणमा भएको ढिलासुस्ती र समस्या हटाउन सहकार्य गरिरहेको जानकारी दिए । अस्पतालका अध्यक्ष कटुवालको अध्यक्षता कर्मचारी प्रकाश सुवेदीको संचालन र ब्यवस्थापक पुजा बानियाँको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।