दरवाङमा प्रहरीको नागरीक सुनुवाई

  • २८ जेष्ठ २०७४, आईतवार
  • 2817 पटक पढिएको

म्याग्दी, २८जेठ । मालीका गाउँपालीका ६ दरवाङमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । न्यायमा आम नागरीकको पहुँच बढाउने, अपराध, सामाजिक विकृती न्युनीकरणका लागि सन्देश प्रवाह गराउने र प्रहरी प्रती नागरीकको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाहरुले दरवाङ स्थित ईलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि जग्गा पहिचानलाई प्राथमिकता दिन, ट्राफिक प्रहरीको नियमित उपस्थिती गराउन र ग्रामिण क्षेत्रमा उपस्थिती बढाउन सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपराध नियन्त्रण र पिडीतलाई न्याय दिलाउनका लागि प्रहरीलाई समुदायले अनुसन्धानमा आवश्यक सूचना उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मालीका गाउँपालीका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्षहरु दिलीपकुमार शेरचन, सन्तनाथ जैसी, रेशम जुक्जाली लगायत जनप्रतिनिधि, आमा समूह, युवा कल्व, संघ संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाहरुबीच सो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, समस्या र प्रहरीले गरेका पहलको विषयमा छलफल भएको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले लागु औषध दुब्र्यसनी विरुद्ध विद्यालय स्तरमा सचेतना कार्यक्रम समेत सञ्चालन गरेको छ । बेनी सामुदायीक मावि र धौलागिरी माविका विद्यार्थीहरुलाई लागु औषधको कुलतको असर, यसको कारण र बच्ने उपायका विषयमा प्रशिक्षण दिइएको प्रहरी कार्यालयले जनाएको छ ।