म्याग्दीमा कोरोना विरुद्ध सात हजार दुईसय डोज खाेप उपलब्ध

  • २ श्रावण २०७८, शनिबार
  • 961 पटक पढिएको

बेनी, २ साउन । म्याग्दीको कोरोना भाईरस विरुद्धको दोस्रो चरणको भेरोसिल खोप शुक्रबारदेखि संचालन गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दोस्रो चरणको भेरोसियल खोप अभियानमा सात हजार २ सय डोज खाेप उपलब्ध भएको बताउनुभयो ।


हाल प्राप्त डोजलाई यस अघि छुटेका ५५ बर्षभन्दा माथिका नागरिक, विद्यालयका शिक्षक, यस अघि खोप लगाउन छुटेका कर्मचारी, सार्वजनिक सवारी चालक र चह-चालक, र विदेश जानका लागि भिसा लागेका नागरिकलाई खोप लगाउने लम्सालले जानकारी दिनुभयो ।
शनिबारसम्म नगरापालिकामा एक हजार ३२० जनालाई खोप लगाईएको कार्यालयले जानकारी दिएको छ । शुक्रबार ६९४ जना र शनिबार ६२६ जनालाई लगाइएको स्वास्थ्य कार्यालयकी दुर्गा शर्माले जानकारी दिईन ।

शुक्रबारेदखि बेनी नगरपालिकामा संचालन भएको खोप अभियान वडास्तरमा शनिबारदेखि सुरु भएको छ। अन्नपुणर् र रघुगंगामा गाउँपालिकामा शनिबारदेखि वडास्तरमा खोप लगाउन सुरु गरिएको छ। यो खोप लगाएको ३० दिनभित्र दोस्रो डोज खोप लगाउनुपर्ने हुन्छ ।
स्वास्थ्य कार्यालयले मालिका, मंगला र धवलागिरी गाउँपालिकामा साउन ८ र ९ गते लगाउने तयारी गरेको छ। हालसम्म म्याग्दीमा दुइ हजार ६५२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।