कृषि ज्ञान केन्द्रको उपलब्धी सार्वजनिक

  • १ श्रावण २०७८, शुक्रबार
  • धिरन खत्री
  • 1083 पटक पढिएको

म्याग्दी, १ साउन । कृषि ज्ञान केन्द्र म्याग्दीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक कार्यक्रमको प्रगति र खर्च विवरण सार्वजनिक गरेको छ । केन्द्रले साना ब्यवसायिक फर्म तरकारी, यान्त्रीकरण, किबी, मौरी, फलफुल, च्याउ, आलु, धान लगायतको खेतीबाट कृषकलाई आत्मनिर्भर र ब्यवसायीक बनाउने कार्यक्रमको उपलब्धी र बार्षिक खर्च सार्वजनिक गरेको हो ।


संघ, प्रदेश र शसर्त अनुदात तर्फबाट प्राप्त ७ करोड ५१ लाख बजेट मध्ये ५ करोड ८६ लाख ९० हजार खर्च भएको केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताए । केन्द्रले साना सिचाई कार्यक्रम अन्तरगत ३२ वटा योजना सम्पन्न भएको थियो । केन्द्रले ५१ हजार १०७ मिटर सिचाई पाईप, दुई सय ३० मिटर सिचाई कुलो निर्माण, ९ वटा ३८ घनमिटरका सिचाई पोखरी निर्माणले तीन सय रोपनी सिचाई हुने केन्द्र प्रमुख गोविन्द्रराज कोइरालाले जानकारी दिनुभएको छ।


ब्यवसायिक फर्म स्थापना ३२ वटा, आलु खेती प्रर्वद्धन कार्यक्रममा ८ समुह लाभान्वित, बाँझो जमिन सदुपयोग कार्यक्रम अन्तरगत २ सय रोपनी जग्गामा खेती, स्थलगत कृषि तालिम, झरेका फलफूलको ब्यवस्थापनका लागि प्लास्टिक थैलो वितरण लगायतको कार्यक्रम गरेको छ। केन्द्रले धवलागिरी गाउँपालिकालाई धान, मालिका र बेनीलाई सुन्तला, मालिका, मंगला र अन्नपुर्णको लागि आलु ब्लक कार्यक्रम संचालन गरिएको कृषि प्रसार अधिकृत गोविन्द्र पाण्डेले जानकारी दिनुभयो ।

कृषकका लागि कृषि यान्त्रीकरण अन्तरगत २१८ वटा मिनिटेलर, कुटानी पिसानी १० वटा र थ्रेसर ८ वटा वितरण गरेका थियो । केन्द्रको सात लाख ४६ हजार अनुदानमा बेनीको बास्कुनामा र पाँच लाख ८१ हजार सहयोगमा रघुगंगाको ठाडखानीमा कृषि उपज संकलन गर्ने भवन निर्माण गरिएको छ।

केन्द्रले साना सिचाई, बाझो प्रोत्सान, करेसाबारी निर्माण, रैथानेबाली संरक्षण, नर्सरी घर निर्माण, बीउ उत्पादन सहयोग, साना ब्इवसायिक फर्म, यान्त्रीकरण सहयोग, मकै भटभास कार्यक्रम, प्राङ्गारिक मल, आलु खेती प्रवद्र्धन, हिउदे फलफूल खेती वितरण, कृषि उपज संकलन र विक्रि केन्द्र, उन्नत कृषि प्रर्दशन, रैथाने विउविजन उत्पादन, प्लास्टिक घर विस्तार, लोपोन्मुख जातको विजबृद्धि, ब्लक र वातावरणमैत्री कार्यक्रम लगायतमा भएको प्रगति र खर्च विवरण सार्वजनिक गरेको छ ।

फलफूल विरुवा अन्तरगत दुइए हजार किवी, एक हजार विरुवा सुन्तला, दुईसय विरुवा ओखरग्राफ्टेड, २ सय ५५ वटा उच्च घनत्वको स्याउ वितरण गरेको छ । आलुमा आत्मनिर्भर रहेको जिल्लामा तरकारी अपुग रहेको छ।

केन्द्रले कार्यालय परिसरमा कम्पाउण्ड निर्माण, तालिम भवन मर्मत, सवारीसाधन खरिद, फर्निचर तथा फिक्चर्स, कार्यालय तथा आवास भवन मर्मत र डेस्कटप तथा प्रिन्टर खरिदमा  ६० लाख खर्च गरेको छ। बजेट बाडफाड र कार्यविधि ढिला आउनु, भौगोलिक बिकटता, छोटो समयावधी, अनुदानग्राहीले सम्झौता अनुसार काम नगर्नु जस्ता चुनौति देखिएको केन्द्र प्रमुख कोइरालाले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l