म्याग्दीमा १५ जनामा कोरोना संक्रमण पुष्टि

  • १९ असार २०७८, शनिबार
  • 803 पटक पढिएको

म्याग्दीमा शनिबार १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा १ जना, गाउँपालिका अन्तरगत मंगलामा ५ जना, रघुगंगामा २ जना र जलजलामा १ जनासंगै ९ जनामा पुष्टि भएको छ ।

एन्टीजेन विधिबाट बेनी नगरपालिकामा १ जना र अन्नपुर्ण गाउँपालिकामा ५ जना संक्रमण पुष्टि भएको छ । हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५४४ जना पुगेको छ। पिसिआरबाट १ हजार ६७६ जना र एन्टिजेनबाट ८६८ जना पुष्टि भएको छ । जिल्लामा २१० जना सक्रिय संक्रमित छन्। शनिबार ४ जना संक्रमित आइसोलेसन मुक्त भएका छन् ।