म्याग्दीमा १५ जनामा कोरोना संक्रमण पुष्टि

  • १८ असार २०७८, शुक्रबार
  • 1229 पटक पढिएको

बेनी, १८ असार । म्याग्दीमा शुक्रबार १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अुनसार पिसिआर विधिबाट मंगला गाउँपालिकामा ३ जना एन्टीजेन विधिबाट अन्नपुणर् गाउँपालिकामा १२ जनासहित सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५२९ जना पुगेको छ भने पिसिआरबाट १ हजार ६६७ जना र एन्टिजेनबाट ८६२ जना पुष्टि भएका छन । जिल्लामा २०० जना सक्रिय संक्रमित छन् । भने ५ जना संक्रमण मुक्त भएका छन् ।