म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

  • २८ जेष्ठ २०७८, शुक्रबार
  • 973 पटक पढिएको

बेनी, २८ जेठ । म्याग्दीमा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

शुक्रबार बेनी नगरपालिकामा ६ जना सहित गाउँपालिका अन्तरगत रघुगंगामा ५ जना, अन्नपुणर्मा १२ जना, मालिकामा १ जना , मंगलामा २ जनामा गरी २६ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ ।

हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार १९३ जना पुगेको छ । पिसिआरबाट १५६५ जना र एन्टिजेनबाट ६२८ जनामा कोरोना संक्रमित पुष्टि छ । जिल्लामा २१८जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमित १६ जनामा निको भएको छ। ३८ जनाको रिपोट आउन बाकी रहेको छ।