निषेधाज्ञामा बेनी-जोमसोम सडक धमाधम कालोपत्रे

  • २७ जेष्ठ २०७८, बिहीबार
  • 1431 पटक पढिएको

एक.के . आस्था थकाली
मुस्ताङ २७ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनीरजोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ। तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४ सालदेखि १ सय ८६ किमी सडकको कामलाई अगाडि बढाएको छ।

राष्ट्रिय गौरवको बेनीरजोमसोमरकोरला सडकको सम्पूर्ण भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ। आयोजनाको बेनीरजोमसोम सडकखण्डको ४ प्याकेजमध्ये ३ खण्डमा कालोपत्रेको काम भइरहेको करिडोर सडकका सूचना अधिकारी इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए।

उनका अनुसार करिडोरले कोरोना माहामारीको विषम अवस्थामा समेत स्थानीयबासी, जनप्रतिनिधि, स्थानीय प्रशासन लगायतको सहयोग र समन्वयमा हिमाली जिल्ला मुस्ताङ र म्याग्दी खण्डमा राष्ट्रिय गौरवको बेनीरजोमसोमरकोरला सडकमा द्रुत गतिमा काम भइरहेको छ। समुन्द्री सतहको २५ सय मिटर अग्लो स्थानको हाइअल्टिच्यड मुस्ताङखण्डको दुई प्याकेजमा कालोपत्रे गर्न सुरु गरिएको यादवको भनाइ छ।

कालिगण्डकी करिडोर अन्तर्गत कोरलानाका जोड्ने बेनीरजोमसोम ७६ किमी सडक ४ प्याकेज र जोमसोमरकोरला १ सय १० किमी सडकमा ७ प्याकेजमा सडक स्तरोन्नति भइरहेकोमा जोमसोम कोरला सडकको ३ वटा प्याकेजको काम सम्पन्न भएपछि हस्तान्तरण भइसकेको छ। बेनीरजोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डको प्याकेज १ को गलेश्वररतातोपानी १९ किमी सडकमा शर्मा युनाइटेडले डीबीएसडी प्रविधिको कालोपत्रे सुरु गरेको छ भने बेनीरजोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङखण्डको तेश्रो प्याकेज घासादेखि कोवाङसम्म १६ दशमलव ५ किमी सडक र कोवाङदेखि जोमसोमसम्मको १८ किमी सडकमा शर्मा गजुरमुखी जेभी र पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले अलगरअलग अस्पाल्ट कालोपत्रे सुरु गरेका हुन्।

राष्ट्रिय गौरवको बेनीरजोमसोम सडकको प्याकेजमा गत वर्षनै कालोपत्रे गर्ने लक्ष्य लिएको पनि कोरोना कहरका कारण प्रभावित बनेको शर्मा गजुरमुखी जेभीले जनाएको छ। कोरोना कहरले रोकिएको उक्त काम कोरोनाको दोश्रो लहरमा आइपुग्दा यसपटक भने स्थानीबासी, स्थानीय तह, जनप्रतिनिधि र स्थानीय प्रशासनको सहयोगमा कोभिडर१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम अघि बढेको बताएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले बताए।

उनका अनुसार राष्ट्रिय गौरवको बेनीरजोमसोम सडकखण्डको मुस्ताङखण्डमा अस्पाल्ट कालोपत्रेका लागि निर्माण कम्पनीले झन्डै ६ सय बढी जनशक्ति परिचालन गरेको छ भने दर्जनौ उपकरणको व्यवस्थापन गरेको छ। मुस्ताङखण्डमा हाइअल्टिच्युड थेग्ने कालोपत्रे विस्तारका लागि निर्माण कम्पनीले धमाधम बेश मिलाउने काम गरिरहेको शर्मा गजुरमुखीका प्लान अपरेटर पुरुषोत्तमकुमा शाहले जानकारी दिए।उनले सडक क्लीन गरेपछि मट्टितेल र बिटुमिन मिश्रित प्राइमकोर्डलाई १ सय १० डिग्री तापक्रममा तताएर हाल्ने र २ सय डिग्री तापक्रममा ट्याक कोड तताएर उपकरणबाट सडकमा छर्ने र त्यसलाई उपरकणले पेलेपछि कालोपत्रे पुरा हुने उनले उल्लेख गरे।

बेनीरजोमसोम ७६ किमी सडकको कालोपत्रे मौसमले साथ दिएको अवस्थामा असोज मसान्तसम्म सम्पन्न हुनेछ।यस्तै, कालिगण्डकी करिडोर सडक आयोजनाले उत्तरी कोरलानाका जोड्ने १ सय ८६ किमी सडक स्तरोन्नतिको सम्पूर्ण काम आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिएको छ।

बेनीरजोमसोमरकोरला सडकको सम्झौता अवधि सकिएर ३ पटक म्याद थप भइसकेको छ। करिडोरका अनुसार पछिल्लो पटक थपिएको म्याद पनि चालु आर्थिक वर्षसम्म रहेको छ। हिमाली जिल्लामा हिमपात र अत्याधिक जाडो हुने र म्याग्दीखण्डमा बाढीरपहिरो र नदी कटानका कारण कोरोला सडक स्तरोन्नतिमा बाधा पुगेको करिडोरले जनाएको छ। कोरोनाको जोखिमका कारण मजदुर र उपरकण व्यवस्थापनमा कठिनाई हुँदा विकास निर्माणको कामले गति लिन नसकेको करिडोर सडकको भनाइ छ। अन्नपूर्णपाेष्टबाट साभार