म्याग्दीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना निको भए

  • ४ जेष्ठ २०७८, मंगलवार
  • 1063 पटक पढिएको

म्याग्दी ४ जेठ । म्याग्दीमा मंगलवार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा मंगला गाउँपालिकाका १६ जना ( पिसिआर विधिबाट) पहिचान गरिएको हो । त्यसैगरि अन्नपूर्णमा ३ जना , बेनी नगरपालिकामा २ जना, मंगलामा १ जना, मालिकामा १ जना रघुगंगामा १ जना, धवलागिरीमा १ जना र जलजलामा २ जना गरी जम्मा ११ जना(एन्टीजेन विधिबाट) पहिचान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९९४ जना पुगेको छ ( ८४७ पिसिआरबाट र १४७ एन्टीजेन विधिबाट) रहेका छन् । त्यसैगरि मंगलवार ने ६० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४०९ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ६६३ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ