म्याग्दीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
- २३ बैशाख २०७८, बिहीबार
- 1633 पटक पढिएको
म्याग्दी २३ वैशाख । म्याग्दीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार आएको कोरोना परिक्षणको रिपोर्ट अनुसार म्याग्दीमा ३२ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सार्वजनिक गरेको पहिलो रिपोर्ट अुनसार म्याग्दीमा २८ जनामा संक्रमण पुष्टि भएकोमा अन्नपूर्ण गाउँपालिकाका २, बेनी नगरपालिकामा २० जना, धवलागिरि र मंगला गाउँपालिकामा १/१ जना र रघुगंगा गाउँपालिकामा ४ जना रहेका छन् ।
त्यस्तै दोस्रो रिपोर्ट अनुसार थपिएका चार संक्रमित सबै बेनी नगरपालिकाभित्रका रहेका छन् । म्याग्दीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएपछि नियन्त्रण र रोकथाम चुनौतिपूर्ण बनेको छ । विहिवार धवलागिरि गाउँपालिका–२ घर भएकी ७२ बर्षिय कोरोना संक्रमित महिलाको निधन भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको विहिवार विहान मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाकाको लक्षण सहित स्वास्थ्यमा समस्यामा देखिएपछि बेनी अस्पतालमा एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उहाँलाई थप उपचारको लागि रेफर गरिएको थियो ।