राखु भगवतीमा विश्वहिन्दू महासंघ गठन

  • ५ बैशाख २०७८, आईतवार
  • 1618 पटक पढिएको

 

म्याग्दी, ५ बैशाख । रघुगंगा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय विश्वहिन्दू महासंघ गठन गरिएको छ । महासंघमा आवद्धलाई श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ ।

महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल रहेको समितिको सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की, रेशबहादुर भण्डारी, चेतनाथ सुवेदी, नारायण शर्मा, रुपा थापा, गीता मल्ल, अमृत पौडेल, र मित्रलाल शर्मा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विश्वहिन्दू महासंघ गण्डकी प्रदेशका सचिव लोकनाथ भुषालले देशमा हिन्दूहरुलाई विभाजित गर्न अनेकौ तरिकाहरु अपनाएसँगै राष्ट्रिय जनगणनामा क्षेत्री र बाहुनलाई विभाजित गर्न मष्टो धर्म र खस जातीका कुरा ल्याएको बताउनु भयो ।

विदेशी पैसा खाएर नुनको सोझो गर्दै केही संघ÷संस्थामा आवद्ध कर्मचारीहरु हिन्दू धर्मभित्र खेल्दै हिन्दू धर्मावलम्विहरुको जनसंख्या थोरै देखाउन लागि परेको भनाई थियो ।

त्यस्तै विश्वहिन्दू महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सबै धर्मको सम्मान हुनुपर्ने तर बलपूर्वक कसैले धर्म परिवर्तन गराएको पाएमा कानून अनुसार कारवाही गर्नुपर्ने बताए । सोही कार्यक्रमा विश्व हिन्दूमहासंघ बेनपा–८का अध्यक्ष रामचन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । स्थानीय समाजसेवी चेतनाथ सुवेदी, देवेन्द्रबहादुर मल्ल, तुलबहादुर वि.क.लगायतले मन्तब्य राखेका थिए ।

विश्व हिन्दूमहासंघ रघुगंगा गाउँपालिकाका अध्यक्ष लक्ष्मीनाथ शर्माको अध्यक्षता, सचिव दण्डपाणि सुवेदीको स्वागत र युवा पण्डित दामोदर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।