काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : संग्रौला

  • ४ बैशाख २०७८, शनिबार
  • 1016 पटक पढिएको

म्याग्दी, ४ बैशाख । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताईन । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिईन ।


शनिबार नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा संग्रौलाले संसद पुर्नस्थापना प्रश्चात केपी ओली सरकारमा बस्ने नैतिकता नभएको बताईन । उनले अविश्वासको प्रश्तावबाट ओली सरकार हटाएर नयाँ सरकार बनाउने तीन पाटीविच गृहकार्य भएको जानकारी गराईन ।


सरकारले संघियता कार्यान्वयन गर्न, शान्ति सुरक्षा सुशासन र नीति अनुसारको बजेट ल्याउन नसकेको आरोप समेत लगाएकी थिईन । उनका अनुसार, ओलीको नेतृत्वमा रहेको सरकारले भष्ट्रचार संस्थागत गरेको छ, शिक्षा,स्वास्थ्य, खानेपानी अभावसंगै खाद्यान्नमा मुल्य बृद्धि गर्दै जनतालाई सास्ती दिएको छ । बजेट अभावले गौरवका आयोजना अलपत्र भएको अवस्थामा सरकार बालुवाटारमा बसेर रिमोटबाट बजेटविहिन योजनाहरु उद्घाट्नमा ब्यस्त बनेको छ ।

कोरोना भाईरसको महामारीको नियन्त्रण तथा खोप लगाउने कार्यक्रममा सरकार जिम्मेवार बनेको छैन् उनले भनिन् । ‘भष्ट्रचारीलाई संरक्षण र नक्कली राष्ट्रबाद देखाउनमा सरकार ब्यस्त छ ।’ नयाँ सरकार बनाउने गृहकार्य कणर्ाली प्रदेशबाट सुरु भएको बताउदै गण्डकी प्रदेशबाट केन्द्रिय सरकार परिवर्तन हुने बताईन ।

देशमा नाकाबन्दी भइरहेको बेलामा आर्थिक नाकाबन्दी विरुद्ध पाटी बोल्न नसक्नुमा आत्मआलोचना गर्दै नेतृत्वले गल्ती स्विकार गर्नुपर्ने बताईन । नेपाली काँग्रेस १४ औँ महाधिबेशनको तयारीमा रहेको जानकारी दिदै नीति र एजेण्डामा रहेर नयाँ नेतृत्व चयन हुने जानकारी गराईन । लोकतान्त्रिक मूल्यमान्यता संरक्षणमा काँग्रेस प्रतिवद्ध रहेको उनले भनिन् ।