मुस्ताङमा सुन्दर थकालीको प्यानल बिजयी

  • २६ चैत्र २०७७, बिहीबार
  • 1125 पटक पढिएको

मुस्ताङ २६ ।  नेपाल पत्रकार मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकालीले निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङको बुधबार संम्पन्न निर्वाचनमा थकाली महासंघको आगामी नया कार्यकालका लागि प्रेष युनियनसहितको संयुक्त प्यानलबाट निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघ मुस्ताङको दलित तथा महिला सदस्यबाहेक पुरै संयुक्त प्यानलले जितेको हो ।

पत्रकार महासंघ मुस्ताङमा संयुक्त प्यानलबाट उपाध्यक्ष ( खुल्ला )दुर्गादेवी रसाईली ,उपाध्यक्ष –महिला) तृष्णा गौचन ,सचिव सुशीलबाबु थकाली,सहसचिव (समावेशी) आदित्य रसाईली ,सहसचिव सरस्वती ल्वागुन ,कोषाध्यक्ष फुलकुमारी नेपाली र केन्द्रिय परिषद सदस्यमा चन्द्रेश्वर बस्ताकोटी निर्वाचित भएका छन् । यस्तै ,पत्रकार महासंघ मुस्ताङ शाखाको निर्वाचनमा १३ पदमा २२ जनाले उम्मेदवारी दिएका दिए ।

जसअन्र्तगत प्रेष युनियन आवद्ध प्यानलबाट गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेल,जिल्ला कार्यसमिति सदस्यमा सौरभ चालिसे, वशन्त पौडेल,उत्तम केशी र प्रताप आचार्य निर्विरोध निर्वाचित भएका छन् भने ओली पक्षिय प्रेष चौतारीका तर्फबाट महिला सदस्यमा चन्द्रा नेपाली र दलित सदस्यमा राजु सेन्चुरी निर्विरोध निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन कार्यविधि अनुसार मुस्ताङ शाखाले पत्रकार भीमबहादुर रसाईली संयोजकत्वमा ३ सदस्यस्य निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन समितिमा जिल्ला अदालत जोमसोमका नासु रामचन्द्र सुवेदी र जिल्ला सरकारी वकिलको कार्यालयबाट नासु पार्वती तामाङ खटिएको थियो । सो निर्वाचन समितिले बुधबारनै संघ / प्रदेश र केन्द्रको मतपरिणाम सार्वजनिक गरी संम्वन्धि निकायमा पठाएको निर्वाचन संयोजक भीमबहादुर रसाईलीले जानकारी दिए । उनका अनुसार मुस्ताङ शाखामा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले पद तथा गोपनीयताको सपथ ग्रहणसहित निर्वाचित भएको आधिकारिक प्रमाण पत्र प्रदान गरेको थियो ।

यस्तै ,मुस्ताङ शाखामा निर्वाचित कार्यसमितिले निर्वाचन समितिलाई निर्वाचन संम्पन्न गर्न दिएको कार्यभार पुरा गरेकोमा धन्यवादसहित प्रंशसापत्र प्रदान गरेको थियो । हिमाली जिल्ला मुस्ताङको पत्रकार महासंघमा २८ जना मतदाता मध्ये २६ जना सदस्यले मतदान गरेका थिए ।