युवा संघ म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन

  • २५ चैत्र २०७७, बुधबार
  • 1267 पटक पढिएको

म्याग्दी २५ चैत । नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन भएका छन् । एमाले को माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ ।ण कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा अाकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक्रममा बोल्दै माधव, झलनाथ खनाल समुहका जिल्ला अध्यक्ष बालकृष्ण सुबेदीले पार्टीकाे माहधिवेशनबाट पारित विधान,नीति र निर्वाचित कमिटिलाई शिराेपर गरि पार्टी सन्चालन हुनुपर्नेमा अाेलिले पार्टिलाई बिभाजनतर्फ लैजाने काम गरेकाे बताउनुभयाे । सर्वाेच्च अदालतकाे फैसलाले पार्टीको पुर्ववत संरचनामा फर्काएकाे अवस्थामा अाेलिले कम्युनिष्ट अान्दाेलन मास्न लागेकाले अाेलि प्रवृतिकाे विरूद्दमा उत्रनुपरेकाे बताउनुभयाे । कार्यक्रममा एमालेका युवा नेता राजकुमार थापा , रूद्र किसान, युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार विश्वकर्माले अाेलिले कम्युनिष्ट अान्दाेलनकाे रक्षाका लागि युवाहरू संगठित हुनुपर्नेमा जाेड दिनुभयो । चन्द्र जुग्जालीकाे अध्यक्षता र नवीन खत्रीकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।