एमाले अध्यक्ष ओलीले गरे माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्वन
- १६ चैत्र २०७७, सोमबार
- 1421 पटक पढिएको
काठमाडौं १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीका दुई बरिष्ठ नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् ।
नेता नेपाल र रावललाई एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण माग गर्दै चैत ८ गते पत्र पठाएका थिए । त्यसको जवाफ उनीहरुले चैत १२ गते पठाएका थिए । नेद्धादयले पठाएको स्पष्टीकरणले प्रश्नको उत्तर नभइ नेताहरुमाथि गालीवेइज्जत गरेको भन्दै ओलीले केहि दिन अघि कारबाहीको भागीदार बन्नुपर्ने चतावनी दिएका थिए ।