जिल्ला प्रहरी कार्यालय म्याग्दीकाे कार्ययोजना सार्वजनिक

  • ७ चैत्र २०७७, शनिबार
  • 1457 पटक पढिएको

 

म्याग्दी, ७ चैत । जिल्लाको शान्ति सुरक्षा प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न कार्यालयले कार्ययोजना बनाएको हो ।


दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियापछि आफुले कार्ययोजना निर्माण गरेको जानकारी दिनुभयो । सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत प्रहरी कार्यालयमा पत्रकार अन्तरक्रिया प्रनाउ राईले उक्त कार्ययोजना सार्वजनिक गरेको हो ।

प्रनाउ राईले आगामी कार्ययोजनामा सरोकारवालाहरु निकायहरुविच समन्वय र सहकार्य गर्ने, मानव अधिकारको संरक्षण सम्वन्धी अनुशिक्षण गर्ने, प्रहरी कार्यालयको भौतिक स्रोत साधनसंगै प्रहरीको सेवा प्रवाह प्रभावकारी बनाउने, आन्तरिक र बाह्य रुपमा सुद्धिकरण अभियान गर्ने, सूचना संकलनमा प्रभावकारी रुपमा जनशक्ति परिचालन गर्ने, शान्ति सुरक्षाको प्रभावकारी सुधार तथा ब्यवस्थापनमा जोड दिने, सामाजमा घट्ने अपराध र अवैध कारोवार रोक्न प्रविधिको प्रयोगमा प्राथमिकता दिने, ट्राफिक पार्किङ, चेकजाँच र बजारमा सिसि टिभिको ब्यवस्थापनमा जोड दिने योजनाहरु सार्वजनिक गर्नुभएको हो ।

उहाँले भावि योजना रुपमा विपद ब्यवस्थापनको तयारी, भौतिक पुर्वाधारको निर्माण र जोखिमयुक्त स्थानहरु पहिचान गरेर सुरक्षाका उपायहरु तयार गर्ने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद अधिकारी संचालनमा रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीको उपस्थित रहेको थियो ।