प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • ६ चैत्र २०७७, शुक्रबार
  • 1131 पटक पढिएको

म्याग्दी, ६ चैत । पुर्व विद्यार्थी एवम् युएईमा ब्यवसाय गर्दै आएका रघुगंगा गाउँपालिका- २ साझपानी प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। विद्यालयमा अध्ययनरत शैक्षिक सामाग्री जुटाउन मुश्किल हुने परिवारबाट अध्ययन गर्ने २० जना विद्यार्थीलाई छनोट शैक्षिक सामाग्री वितरण गरिएको हो ।


कार्कीबाट प्राप्त सहयोगलाई विद्यालयमा अध्ययन गर्ने शैक्षिक सामाग्री जुटाउन मुश्किल परिवारबाट अध्ययन गर्ने विद्यार्थीहरु छनोट गरेर शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयका प्रअ अमर केसीले बताउनुभयो । कार्कीले उपलब्ध गराएको करिव पचास हजार रुपैयाँको शैक्षिक सामाग्रीहरु विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध भएको प्रअ केसीले जानकारी दिनुभयो । सो शैक्षिक सामाग्री शुक्रबार प्रकाश कार्कीको आमा नैनाकली कार्कीको उपस्थितमा विद्यार्थीलाई वितरण गरिएको छ ।

प्रअ केसीले विद्यार्थीहरुको शैक्षिक प्रगतिको लागि प्राप्त सहयोगप्रति कार्की परिवारलाई धन्यवाद दिनुभएको थियो । रोजगारको शिलशिलामा युएई पुगेका कार्कीले पछिल्लो समय कम्पनी संचालन गरेका छन् । मोना युएईका सल्लाकार समेत रहेका कार्कीले जन्मगाउँमा रहेका विद्यालय, आर्थिक अवस्था कमजोर भएर उपचारत विरामी र बाढी पहिरो पीडितलाई विभिन्न समयमा सहयोग गर्दै आएका छन् । आगामी दिनहरुमा यस्तै सहयोग गरिराख्ने कार्कीले प्रतिवद्धता जनाएका छन् ।