राखु भगवतीमा निशुल्क आँखा शिविर सम्पन्न

  • ६ चैत्र २०७७, शुक्रबार
  • 1541 पटक पढिएको

म्याग्दी, ६ चैत । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्सले ग्रामिण भेगका जनतालाई लक्षित गरेर स्थानीय तहमा निशुल्क आखाँ शिविर गरेका छन् । लायन्स क्वल अफ म्याग्दी दोभान र बेनी सिटीको सयुक्त आयोजनामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीमा शुक्रबार निशुल्क आखाँ शिविर गरेका छन् ।

राखुमा आयोजना गरिएको एक दिने निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा २ सय ८० जनाले सेवा लिएको लायन्स क्लव अफ बेनी सिटीका अध्यक्ष अमित बाँनियाले बताए । शिविरमा १६८ महिला र ११२ जना पुरुषले सेवा लिएका छन भने जटिल समस्या देखिएका ७ जनालाई चैत १५ र १६ गते बेनीमा लिएर अपरेशन गरिने बानियाँले जानकारी दिए ।

लायन्स क्वल अफ म्याग्दी दोभान र बेनी सिटीको सयुक्त आयोजित शिविरमा नेपाल नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक सहयोग रहेको थियो । शिविरमा निशुल्क रुपमा आखाँ परिक्षण गर्दै औषधी वितरण गरिएको थियो ।

शिविरमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले ग्रामिण जनतालाई लक्षित गरेर संचालन गरिएको आखाँ शिविरबाट गरिव तथा विपन्न परिवारका सदस्यलाई राहत मिल्ने बताउदै आयोजकलाई धन्यवाद दिएका थिए । त्यस्तै वडाअध्यक्ष रिमबहादुर कटुवालले वडाभित्रका जनतालाई निशुल्क आखाँ उपचारमा खटिएका लायन्स क्लव र प्राविधिक टिमलाई धन्यवाद ब्यक्त गरेका थिए ।
लायन्स क्लव अफ म्याग्दी दोभानकी अध्यक्ष शर्मिला थापाको अध्यक्षता, बेनी सिटीका अध्यक्ष बानियाँका स्वागत मन्तव्य र दोभानकी सचिव प्रवित्रा केसीले संचालनमा भएको शिविरमा दोभानकी पुर्व अध्यक्ष अमृतादेवी बानियाँले शुभकामना मन्तव्य राखेकी थिईन । लायन्सका पुर्व अध्यक्ष एवम् सदस्यहरुको ब्यवस्थापनमा शिविर संचालन गरिएको थियो ।