म्याग्दीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

  • ५ चैत्र २०७७, बिहीबार
  • धिरन खत्री
  • 1911 पटक पढिएको

म्याग्दी, ५ चैत । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर म्याग्दीमा जनगणनाको तयारी सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको भवनमा चैत १ गतदेखि स्थापना भएको जिल्ला जनगणना कार्यालयले जनगणनाको तयारी बारे पत्रकार तथा संचारकर्मीहरु विच जानकारी गराएको हो ।
आगामी २०७८ जेठ २६ गतेदेखि असार १४ गतेसम्म हुने जनगणनाको तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताए ।


म्याग्दीमा ४५ वटा वडाको जनगणनाका स्नातक उतिणर् गरेकालागि ४२ जना सुपरिक्षक र पलस टु पास गरेका १ सय ८२ जनाको आवदेन खुलेको जिल्ला जनगणना अधिकारी सापकोटाले जानकारी दिए । जनगणनामा खटिने सुपरिबेक्षक र गणक जिल्लाभित्रलाई प्राथमिकता दिईने छ।


बेनी नगरपालिकासहित अन्नपुणर् र रघुगंगाको लागि शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा रहेको कार्यालयले सहजिकरण गर्ने छ भने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको लक्षित गरेर स्थानीय जनगणना कार्यालय दरवाङमा राखिने सापकोटाले जानकारी दिए ।

आगामी जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिको प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा चार तहको संयन्त्र निर्माण गरिने सापकोटाले जानकारी दिए । समाजको पहिचान थाहा पाउनका लागि गरिने जनगणनालाई प्रभावकारी बनाउन सुपरिवेक्षक र गणक छनोट गरी तालिम लगायतको ब्यवस्था गरिने छ ।

जेठ २५ गतेदखि असार ८ गतेसम्म घरदैलोमा आउने सुपरिवेक्षक र गणकलाई यर्थाथ विवरण टिपाउन जिल्लाबासीलाई कार्यालयले आग्रह गरेको छ । जिल्लामा ४२ सुपरीवेक्षक र १ सय ८२ गणक पदमा रहेर काम गर्ने सुपरीपेक्षकले २० दिनको ५६ हजार ४ सय र गणकले १५ दिन सेवा गरेबापत २६ हजार २ सय सुविधा पाउने छन्।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l