लिड्सद्धारा विपन्न परिवारका १० वटा घर निर्माण गरिँदै, ३३ परिवारलाई कुखुराका चल्ला वितरण

  • ५ चैत्र २०७७, बिहीबार
  • 1657 पटक पढिएको

म्याग्दी ५ चैत । लिड्स नेपालले म्याग्दीका विपन्न परिवारका १० घरपरिवारको आवास पुननिर्माण गर्न थालेको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा बाढी, पहिरो र अन्य कारणले घर भत्कीएका विपन्न परिवारका १० परिवारको घर निर्माण सुरु गरिएको हो ।
बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला, रघुगंगा गाउँपालिका–२ साझापानी र वडा नम्बर ३ पिप्लेमा गरि १० घर निर्माण थालिएको लिड्स नेपालका जिल्ला संयोजक निसा महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ वटा घर निर्माण सम्पन्न भैसकेका छन भने अन्य घर निर्माणको चरणमा रहेका छन् । यसैबिच लिड्सले बेनी नगरपालिका ४ डाँडाखेत, ५ फुर्केसल्ला र ९ गलेश्वर क्षेत्रका विपन्न परिवारका ३३ घरधुरीलाई आयआर्जन सुधारको लागि कुखुराको चल्ला वितरण गरेको छ । विपन्न परिवार र संरक्षक सदस्य समेतलाई गरि ३ सय खुकुराका चल्ला वितरण गरिएको महतले बताउनुभयो । उहाँका अनुसार, स्थानीय जनप्रतिनिधि र अगुवाहरु समेतको उपस्थितिमा चल्ला वितरण गरिएको हो ।

लिड्सले संरक्षक सदस्य र विपन्न परिवारको आयआर्जन सुधारको लागि शिपमुलक तालिमहरु समेत सञ्चालन गर्दै आएको छ । मैनबत्ति बनाउने तालिम सञ्चालन गरिसकेको संस्थाले चुरापोते बनाउने तालिम समेत सञ्चालनको तयारी गरेको जनाएको छ ।