नारी दिवसको अवसरमा पखेटा नेपाल द्वारा जनचेतनामुलक कार्यक्रम

  • २४ फाल्गुन २०७७, सोमबार
  • 2399 पटक पढिएको

म्याग्दी २४ फागुन । नारी दिवसको अवसरमा पखेटा नेपाल सस्थाले महिला हरुलाई महिनावारी सरसफाइ, उचित र पुनःप्रयोग हुने घरेलु प्याड बारे जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पखेटा नेपालका अध्यक्ष बिनु श्रेष्ठले बेनी नगरपालिका– ६ स्थित डम्मरामा महिला हरुलाइ घरेलु रुपमा पुन प्रयोग गर्ने मिल्ने प्याड बनाउने तरिका सिकाउनुभएको थियो । उक्त अवसरमा प्याडको आवस्यकता र प्रयोग बारे अनुशिक्षण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहभागी महिलालाई तयार पारिएको घरेलु प्याड बितरन गरिएको थियो । बजारमा आयातित प्याड स्वस्थकर नरहने र त्यसमा प्रयोग भएको बस्तु र केमिकल ले दीर्घ असर पार्ने र बाताबरण मैत्री नहुने भएकाले घरेलु प्याड प्रयोग हुदा आर्थिक बचत संगै स्वस्थकर रहने र यशले स्थानीय रुपमा रोजगार समेत सिर्जना हुने बताइएको छ । पखेटा नेपाल संस्थाले महिलाहरु लाई आर्थिक रुपमा सबल बनाउन विभिन्न शिपमुलक तालिम सङै कार्यक्रम संचालन गर्दै आइरहेको छ । कार्यक्रममा उपस्थित सहभागीले महिनावारी भएको समयमा महिलाहरले प्रयोग गर्ने प्याड स्थानीय रुपमै बनाउन सकिने यस विधि धेरै उपयोगि रहेको र आगामि दिनमा यश विधि अपनाउनेमा जोड दिएका थिए ।