नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाद्धारा सामागी वितरण

  • २४ फाल्गुन २०७७, सोमबार
  • 1185 पटक पढिएको

म्याग्दी २४ फागुन । नारी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाको आयोजनामा अपांगता भएका महिलाहरूलाइ सरसफाई सामाग्री वितरण गरिएको छ । आइरिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्वारा प्राप्त सरसफाई सामाग्रीहरुको डिग्निटी कीट वितरण गरिएको हो ।


वडाका विभिन्न बस्तीमा रहेका १५ जना अपांगता भएका महिलाहरुलाई सावुन, रुमाल, नङकट लगायतका १६ प्रकारका सरसफाई सामाग्री सहितको कीट वितरण गरिएको हो । त्यसैगरि सोही अवसरमा रघुगंगा गाउँपालिका –३ पिप्लेकी विपन्न परिवारकी छात्रा अन्जना परियारलाई समेत शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सरसफाई सामाग्री रेडक्रस उपशाखाका सभापती तारानाथ सुवेदी, वडा अध्यक्ष जिवनकुमार मल्ल लगायत जनप्रतिनिधि र रेडक्रसकर्मीहरुको टोलीले घरघरमा पुगेर उपलब्ध गराउनुभएको थियो ।


सामाग्री वितरण गर्दै वडा अध्यक्ष मल्लले अपांगता भएका व्यक्तिहरुलाई समेत उचित अवसर र संरक्षणको आवश्यक पर्ने भन्दै आगामी दिनमा वडा कार्यालयले समेत अपांगता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा रचनात्मक सहयोग गर्ने बताउनुभयो ।