फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला हुने

  • २२ फाल्गुन २०७७, शनिबार
  • 1040 पटक पढिएको

म्याग्दी, २२ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला फागुन २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर विस्तारित भेलाको तयारीबारे जानकारी दिएका हुन् ।

अध्यक्ष बिष्णुकुमार थापाले फागुन २७ र २८ गते हुने भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने आर्थिक राजनीतिक लगायतका विषयमा छलफल गरिने जानकारी दिए ।

कोभिडका कारणका देशभरबाट चारसय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेने भेला जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिने भएको छ । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना विश्वविद्यालयको १४ जना लगायतका स्वयमसेवकहरुको उपस्थित हुने छ । अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनको तयारी सुरु गरेको अध्यक्ष थापाले बताए । उनले भेलालाई सम्पन्न गर्न ६ देखि ८ लाख सम्म खर्च हुने अनुमान गरिएको छ ।
भेलालाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको सहभागिता रहने छ र्। संघका सचिव प्रेम रोका मगरको संचालनमा रहेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा र संघका सदस्यहरुको उपस्थित रहेको थियो ।