अक्षयकोषबाट उपचारत विरामीलाई आर्थिक सहयोग

  • १७ फाल्गुन २०७७, सोमबार
  • 830 पटक पढिएको

बेनी, १७ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारत विरामीको लागि संकलन भएको रकम तथा अक्षयकोषबाट प्राप्त ब्याजबाट उपचारत विरामीहरुलाई सहयोग गरेको छ। कोषका अध्यक्ष राजेश शाक्य र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा विरामीलाई सहयोग हस्तान्तरण गरिएको हो ।


मृगौलामा समस्या भएका बेनी नगरपालिका २ खवरका धनबहादुर पाठकलाई ओमकुमारी शान्ति कोषको नेतृत्वमा संकलित १ लाख ४४ हजार ७८८ रुपैया रकम उपचारत पाठकलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै कलेजो प्रत्यारोपन गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि संकलन भएको २ लाख ८० हजार ७५० रुपैयाँ रकम विरामीको आफन्तलाई हस्तान्तरण गरिएको थियो । सो रकम मध्य ८० हजार अष्टेलियामा रहेका विरामीका आफन्तहरुले संकलन गरेर पठाएका थिए ।


गरिवी तथा विरामीको अक्षकोषबाट प्राप्त ब्याजलाई संस्थाको निर्णयअनुसार बेनी नगरपालिका ६ जामुनाखर्कका हातको अप्ररेशन गरेका १३ बर्षिय अनिल विश्वकर्मालाई ११ हजार ५ सय रुपैया, घाटीको क्यासर भएर उपचारत धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५८ बर्षिय टेकबहादुर छन्त्याललाई १२ हजार, मृगौला फेल भएका धवलागिरी गाउँपालिका–४ मुदीका २३ बर्षका खगेन्द्र हमाललाई ७ हजार, घाटीको क्यान्सर भएका बेनी नगरपालिका –९ काउँलेगौडाका मोमबहादुर थापालाइ १८ हजार रुपैयाँ, जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्केका बेनी नगरपालिका–९ का भोविन किसानलाई ७ हजार, मृगौला फेल भएका रघुगंगा गाउँपालिका–४ दग्नामका अजय परियारलाई ७ हजार सहयोग गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि थापाले उपचारत विरामीहरुलाई सानो सहयोगलेपनि ठुलो राहत हुने बताउदै संस्थालाई बलियो बनाउन सदस्य विस्तारमा जोड दिन आग्रह गरे । कोषका अध्यक्ष शाक्यले उपचारत विरामीलाई अक्षयकोषबाट आएको ब्याजबाट औषधी उपचार र चेकअपका लागि सहयोग गरेको बताए । उनले सहयोग प्राप्त जटिल उपचारका विरामीलाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउदै स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगमा धेरै विरामीको ज्यान जोगाउन सफल भएको बताए ।


त्यस्तै कोषका सदस्य एवम् धनबहादुर पाठक बचाउ अभियानका संयोजक कृष्ण जिसिले पाठकलको उपचारमा संकलन तथा खर्च रकमको कोषमा जानकारी गराएका थिए । संस्थाका उपाध्यक्ष खम थापामगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा संचालन सचिव लोकश पुनमगरले गरेका थिए ।
८ सय भन्दा बढी साधारण सदस्य रहेको संस्थाको अक्षयकोषमा १ करोड १ लाख ६८ हजार रुपैया रहेको छ । भने हालसम्म २ सय ८ जना विरामीलाई उपचारमा आर्थिक सहयोग संस्थामा भएको छ।